१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

नेपाली क्रिकेटको यात्रामा वर्षौंको संघर्ष र समर्पण जोडिएको छः सभापति थापा

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्।

‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक शुभकामना,’ उनले भनेका छन्, ‘नेपाली क्रिकेट आज जुन स्थानमा आइपुगेको छ, त्यसका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको छ।’

उनले नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउनेहरूलाई पनि सम्झिएका छन्। ‘सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच पनि नेपाली क्रिकेटलाई यहाँसम्म पुर्याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीहरूलाई यस अवसरमा सम्झँदै, नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ थापाले भनेका छन्।

प्रकाशित मिति : October 26, 2026 at 1:27 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/