१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

रसुवा बाढीको क्षतिमा करिब २१ अर्बको बिमा दाबी, ८२ करोड मात्रै अग्रिम भुक्तानी

९ कात्तिक, काठमाडौं । भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण बीमा कम्पनीहरूमा २० अर्ब ९० करोड ४९ लाख रूपैयाँ बराबरको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले तयार गरेको असोज ३० गतेसम्मको अद्यावधिक तथ्यांकले यस्तो देखाएको हो । तथ्यांक अनुसार सो अवधिमा २४ सय ९१ संख्यामा बीमा दाबी परेको छ ।

तथ्यांक अनुसार इन्जिनियर तथा ठेक्का जोखिम बीमामा चार अर्ब ४० करोड १७ लाख ४८ हजार रूपैयाँ बराबरको १७४ वटा दाबी परेको छ । यसैगरी सम्पत्ति बीमामा नौ अर्ब ५६ करोड ३५ लाख रूपैयाँ बराबरको ५७६ वटा दाबी परेको छ ।

यसैगरी मोटर बीमामा दुई अर्ब ८४ करोड ८१ लाख रूपैयाँ बराबरको एक हजार ६७ वटा दाबी परेको तथ्यांक उल्लेख छ । परिवहन बीमामा भने दुई अर्ब ३३ करोड ५५ लाख रूपैयाँ बराबरको १०५, स्वास्थ्य बीमामा २४ करोड ६३ लाख बराबरको ५३ र अन्य बीमामा एक अर्ब ५० करोड ९६ लाख ५८ हजार रूपैयाँ बराबरको ५१६ वटा दाबी परेको छ ।

 तथ्यांक अनुसार हिमालयन एभरेष्टमा ६ अर्ब ६१ करोड ५५ लाख रूपैयाँ बराबरको २०९ वटा दाबी परेको छ । यसैगरी सानिमा जिआईसीमा तीन अर्ब ४३ करोड ६ लाख रूपैयाँ बराबरको १९२ वटा दाबी परेको छ । शिखर इन्स्योरेन्समा भने दुई अर्ब ६३ करोड ९१ लाख रूपैयाँ बराबरको ४५९ वटा दाबी परेको छ ।

यस्तै, सगरमाथा लुम्बिनीमा एक अर्ब ७५ करोड ९१ लाख रूपैयाँ बराबरको २३१, सिद्धार्थ प्रिमियरमा एक अर्ब २५ करोड ३८ लाख रूपैयाँ बराबरको २६६, नेकोमा एक अर्ब एक करोड ८९ लाख रूपैयाँ बराबरको २५९, आईजिआई प्रुडेन्सीयलमा ९० करोड ८० लाख रूपैयाँ बराबरको २९५, युनाइटेड अजोडमा ८३ करोड ९६ लाख रूपैयाँ बराबरको ८१, दि ओरिएन्टलमा ८० करोड ९५ लाख बराबरको ११ र नेपाल इन्स्योरेन्समा ५८ करोड ८६ लाख बराबरको १३६ वटा दाबी परेको छ ।

यस्तै, एनएलजी इन्स्योरेन्समा ४९ करोड २० लाख ६६ हजार बराबरको १८३, प्रभुमा ४० करोड २२ लाख बराबरको १२५, स्टार माइक्रोमा ६ करोड २८ लाख बराबरको २८, ट्रस्ट माइक्रोमा तीन करोड ६९ लाख बराबरको २७, राष्ट्रिय बीमा कम्पनीमा दुई करोड ७२ लाख बराबरको १४, प्रोटेक्टीभ माइक्रोमा एक करोड सात लाख बराबरको ११, नेशनल इन्स्योरेन्समा ३ लाख बराबरको दुई र नेपाल माइक्रोमा ४० लाख बराबरको सात वटा दाबी परेको छ ।

 बाढी आएको करिब दुई महिनामा बीमा कम्पनीहरूले ८२ करोड १३ लाख ९० हजार रूपैयाँ बराबरको अग्रिम भुक्तानी गरेका छन् । यो अवधिमा हिमालयन एभरेष्टले २३ करोड २३ लाख रूपैयाँ, सानिमाले ७६ लाख , शिखरले २१ करोड ४७ लाख, सगरमाथा लुम्बिनीले २६ करोड ६३ लाख, सिद्धार्थ प्रिमियरले ८० लाख, नेकोले ५७ लाख र आईजीआई प्रुडेन्सीयलले एक करोड ६३ लाख रूपैयाँ अग्रिम भुक्तानी दिएका छन् । यस्तै, युनाइटेड अजोडले दुई करोड ५४ लाख, दि ओरियन्टलले चार करोड ३६ लाख र एनएलजीले नौ लाख र ट्रस्ट माइक्रोले ३ करोड रूपैयाँ अग्रिम भुक्तानी दिएका छन् ।

प्रकाशित मिति : October 26, 2026 at 5:33 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/