गोकुल बाँस्कोटाको प्रश्नः बालेनको भारत भ्रमणमा सीमा विवादको कुरा उठ्छ कि उठ्दैन ?
८ कात्तिक, काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन शाहको प्रस्तावित भारत भ्रमणमा सीमा विवादको विषय उठ्छ कि उठ्दैन भन्ने प्रश्न गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै बाँस्कोटाले अर्थमन्त्री स्वर्णिम वाग्लेले हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बाँस्कोटाले प्रधानमन्त्री विगतमा ग्रेटर नेपालको नक्सा टाँगेको प्रसंग उल्लेख गर्दै सीमा विवादको विषयमा कुरा उठाउने आशा व्यक्त गरेका छन् । उनले नयाँ जोगीले धेरै खरानी उडाएको भन्दै टिप्पणीसमेत गरेका छन् ।

बाँस्कोटाले भनेका छन्, ‘अब यो तिब्र प्रतीक्षा भयो कि प्रम बालेनको प्रस्तावित भारत भ्रमणमा सीमा बिवादबारे कुरा होला नहोला भन्ने ? मनरो डक्ट्रिन अर्थ मन्त्रीको भनाईले त्यो राष्ट्र घात हुन्छ। धन्नग्रेटर नेपालकै नक्शा टाँग्ने प्रम छन।र, आस छ। नयाँ जोगीले साह्रै खरानी उडायो।’

प्रकाशित मिति : October 25, 2026 at 9:21 am










