९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

सुनचाँदीको मूल्यमा भारि गिरावट, कतिमा हुँदैछ कारोबार ?

८ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन तोलामा ११ हजार ७०० रुपैयाँ र चाँदी तोलामा २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँमा खरिद बिक्री भईरहेको छ। गत कात्तिक २ गते सोमबार सुन प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला तीन हजार ९५५ रुपैयाँमा किनबेच भएको छ। गत कात्तिक २ गते सोमबार चाँदी प्रतितोला चार हजार १८५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

प्रकाशित मिति : October 25, 2026 at 11:22 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/