७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

जीवित आमाबाबुकाे सम्पत्तिमा सन्तानले हक दाबी गर्न नपाउने कानुन बनाउन सांसद पाण्डेको माग

१४ साउन, काठमाडाैँ । जीवित आमाबाबुकाे सम्पत्तिमाथि सन्तानले हक दाबी गर्न नपाउने कानुनी व्यवस्था गर्न प्रतिनिधिसभाका सांसदहरुले सरकारसँग माग गरेका छन् । सत्तारुढ नेकपाकी सांसद डा विन्दा पाण्डेले जीवन रहेसम्म बाबुआमाको सम्पत्तिमाथि सन्तानले हक दाबी गर्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।

मंगलबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐनलाई व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै सांसद डा पाण्डेले सन्तानले हक दाबी गरेर बाबुआमाको सम्पत्ति लिने प्रचलित कानुनी व्यवस्था तत्काल हटाउनुपर्ने बताएकी हुन् ।

सांसद डा पाण्डेले सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो पारिश्रमिकको १० प्रतिशत आफ्ना बुवाआमाको बैंक खातामा जम्मा गरिदिने प्रावधान सबैमा लागू नहुने भएकाले त्यसलाई पनि विधेयकबाट हटाउन सरकारलाई सचेत गराउनुभयो ।

प्रकाशित मिति : July 30, 2019 at 3:06 pm