१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

कांग्रेस र राजपाको नाराबाजीका कारण संसद बैठक स्थगित

१३ साउन, काठमाडौँ । कांग्रेस र राजपाको नाराबाजीका कारण संसद बैठक अवरुद्ध भएकाे छ । सर्लाही घटनाकाे छानविन गर्न माग उनिहरूले बैठक अवरूद्ध गरेका हुन् ।

संसद बैठक शुरु भएलगत्तै दुई पार्टीका सांसदहरुले ४० मिनेट नाराबाजी गरेका थिए । सांसदहरुको नाराबाजीपछि सभामुख कृष्णबहादुर महराले बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् । विरोधका बीच सभामुख महराले शुन्य समयको कार्यसूची प्रारम्भ गर्ने तयारी गरेपछि सांसदहरुले रोस्टम घेर्दै नाराबाजी शुरु गरेका थिए ।

उनीहरुले सर्लाही घटनाको छानविन गर्न संसदीय छानविन गठन गर, संसदीय सर्वोच्चता कायम गर, मानव अधिकारको हनन गर्न बन्द गर जस्ता नारा लगाएका थिए ।

यसबीच, सभामुख महाराले लामो समयदेखि संसद अवरुद्ध हुँदा जनताको समसामायिक विषयहरु राख्न नपाएको भन्दै अवरोध हटाउन र संसद सुचारु गर्न र अवरोध हटाउनुपर्छ विशेष अनुरोध गरेका थिए ।

प्रकाशित मिति : 14:09