१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

सरकारले प्रेस र स्वतन्त्रताको नाममा अराजकता फैलाउने कामलाई नियन्त्रण गर्छः मन्त्री बाँस्काेटा

२० असार, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्काेटाले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउने कामलाई सरकारले नियन्त्रण गर्ने बताएका छन् । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्काेटाले अराजकता रोक्न खोज्नुलाई दम्भ भन्न नमिल्ने तर्क गरेका छन् ।

फाइल फाेटाे

मन्त्री बाँस्कोटाले अपुष्ट समाचारहरुलाई पनि प्रेस स्वतन्त्रताको नाममा सञ्चार जगतले सम्प्रेषण गरिनै रहेको भन्दै व्यङ्ग्य गरे । सरकारले प्रेस लाई रोक्ने र कलम दबाउने काम नगर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्काेटा बतााएका छन् । उनले भने “प्रेस चलेकै छन् एकदम राम्ररी । एकदम राम्रोसँग चलिरहेका छन् । र सबैले आफूलाई लागेको कुरा भएपनि नभएपनि पुष्टि भएपनि नभएपनि गजबले गरि राख्न पाउनुभएको छ । त्यसैले यो कुरै छैन जस्तो लाग्छ मलाई । एकदम स्वतन्त्र छ । ”

संसद सार्वभौम भएकाले विधि निर्माणको थलो संसदलाई नै बनाउनुपर्ने भन्दै उनले छलफल गरेर मिडिया काउन्सिल विधेयकलाई राम्रो बनाउन सकिने बताए । उनले संसदभित्र छलफल नै नगरी संसद बाहिर विधेयकका बारेमा नकारात्मक प्रचारबाजी गर्नुको अर्थ नरहेको बताए ।

प्रकाशित मिति : 13:55