१२ कार्तिक २०८३, बुधबार | Thu Oct 29 2026

स्नो रिभर्सको ४६ हजार बढी कित्ता सेयरको लकइन मंसिरमा सकिदै

११ कात्तिक, काठमाडौं । स्नो रिभर्स लिमिटेडको ४६ हजार भन्दा बढी कित्ताको लकइन अवधि मंसिरमा सकिने भएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याइएको ४६ हजार ८७५ कित्ता साधारण सेयरको लक–इन अवधि आगामी मंसिर ११ गते सकिने भएको हो ।

कम्पनीले सार्वजनिक निष्कासनमार्फत जारी गरेको साधारण सेयरमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको उक्त सेयर ६ महिनाका लागि लकइनमा राखिएको थियो। कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार लकइन अवधि समाप्त हुन लागेको जानकारी सार्वजनिक गरेको हो। लकइन अवधि समाप्त भएपछि हाल रोक्का रहेको उक्त सेयर नियमानुसार कारोबारयोग्य हुनेछ। स्नो रिभर्सको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : October 28, 2026 at 11:35 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/