१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

सभामुखसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर

११ कात्तिक, काठमाडौं । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभकुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको दाबी गर्दै सभामुख सहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।

मुद्दामा सभामुख घर्तीसहित प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगर, प्रवक्ता लोकमणि पाण्डे तथा सांसद सन्तोषकुमार पाण्डे र अजयकुमार झालाई विपक्षी बनाइएको छ। काफ्लेले पार्टीको आधिकारिक निर्णय र अख्तियारीबिना लेटरहेड, छाप र पदाधिकारीको नाम प्रयोग गरी पत्र तयार पारिएको र त्यसकै आधारमा आफूलाई पदमुक्त गरिएको दाबी गरेकी छन्।

प्रदेशसभा सचिवालयले भदौ २४ गते काफ्लेको पद रिक्त भएको सूचना जारी गरेको थियो। त्यसविरुद्ध सर्वोच्च अदालत पुगेकी काफ्लेको पक्षमा असोज ६ गते निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको थियो। काफ्लेले विवादित पत्रको आधिकारिकता छानबिन गरी कीर्ते तथा जालसाजीमा संलग्नलाई कानुनी कारबाही गर्न र उक्त लिखत अमान्य घोषित गर्न माग गरेकी छन् ।

प्रकाशित मिति : October 28, 2026 at 10:17 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/