१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

गण्डकी प्रदेशका एकमात्र स्वतन्त्र सांसद दीपक मनांगे भोलि नेकपामा प्रवेश गर्ने, यस्तो छ तयारी

१८ असार, काठमाडाैँ । तत्कालीन एमालेको सहयोगमा चुनाव जितेका सांसद राजिन गुरूङ (दीपक मनांगे) भोलि नेकपामा प्रवेश गर्ने भएका छन ।  मनाङ ‘ख’बाट निर्वाचित गण्डकी प्रदेशका लागि निर्वाचित भएका एक मात्र स्वतन्त्र सांसद मनाङे बिहीबार नेकपामा प्रवेश गर्न लागेका हुन ।

 सांसद गुरुङलाई बिहीबार जिल्ला पार्टी कार्यालय कास्कीमा नेकपा प्रवेश गराउने कार्यक्रम तय भएको नेकपाका केन्द्रीय सदस्य भीम कार्कीले बताएका छन । कार्कीले मनांगेलाइ गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी सदस्यता दिँदैछन । मनांगेले निर्वाचित भएको १६ महिनापछि गत माघ १४ गते सपथ लिएका थिए ।

प्रकाशित मिति : 15:10