१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

 मन्त्री परिवर्तनबारे जानकारी छैनः मन्त्री यादव

१५ असार, सुर्खेत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्री परिवर्तनबारे आफूलाई थाहा नभएको बताउनुभएको छ । पेट्रोलियम पदार्थको अन्वेषणका लागि दैलेख जाने क्रममा सुर्खेत विमानस्थलमा आज पत्रकारसँग कुरा गर्नुहुँदै उहाँले मन्त्री फेरबदलको विषय प्रधानमन्त्रीलाई मात्र थाहा हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “को मन्त्री परिवर्तन हुने हो ?, त्यो हामीलाई थाहा हुने कुरा होइन, प्रधानमन्त्रीलाई थाहा हुने विषय हो, मलाई यसबारे केही थाहा छैन् ।”उहाँले पेट्रोलियम पदार्थको अन्वेषणपछि मात्र उत्खननको टुङ्गो लाग्ने बताउनुभयो । मन्त्री यादवले केही व्यवहारिक समस्यालाई हल गरेर पश्चिम सुर्खेतको चौकुने सिमेन्ट कारखाना छिट्टै सञ्चालनमा ल्याउन पहल गरिने जानकारी दिनुभयो ।रासस

प्रकाशित मिति : June 30, 2019 at 9:27 pm