१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

आइफाकालागि सरकारले किन गर्दैछ कराेडाैँ खर्च ? भीम रावलले जनाए गम्भीर आपत्ति

१४ असार, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले भारतीय चलचित्र पुरस्कार (आइफा) को लागि नेपाल सरकारले गर्न लागेको लगानीप्रति आपत्ति जनाएका छन । भारतीय चलचित्र पुरस्कार आइफाको आयोजनाको लागि काठमाडौं महानगरपालिकाले ४४ करोड दिने र र नेपालको एक अर्व भन्दा बढी खर्च हुने भन्दै रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत गम्भीर आपत्ति जनाएका छन ।

उनले ट्वीटमा लेखेका छन ‘भारतीय चलचित्र पुरस्कार आइफाको आयोजनाको लागि काठमाडौं महानगरपालिकाले ४४ करोड दिने, नेपालको करिव १ अर्ब लगानी हुने र त्यसलाई सरकारले स्वीकृति दिएको खवर सुन्दा आश्चर्य लागेको छ,’ नेता रावलले ट्वीट गर्दै भन्नुभएको छ, ‘यस्ता काम कस्को उक्साहट र स्वार्थमा कसले किन गर्छ होला ?, नेकपाको स्थायी कमिटीको बैठक भए जान्न पाइन्थ्यो कि ?’

नेता रावलले सरकारको निर्णयमा अापत्ति जनाउँदै नेकपाको स्थायी समिति बैठक बोलाउनु पर्ने माग पनि अघि सारेका छन । उनले स्थायी समितिको बैठक भए यसबारेमा थप जान्न पाइन्थयो कि भन्दै प्रश्न गरेका हुन । सरकारका गतिबिधिमा खबरदारी गर्दै अाएका नेता रावलले  यस विषयमा पनि मुख खोलेका हुन

प्रकाशित मिति : 16:25