२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

ऐन महरको नेतृत्वमा अनेरास्ववियूले देशभर ५० लाख बिरुवा रोप्ने

१३ असार, काठमाडौँ । विद्यार्थी संगठनहरू सधैँ रचनात्मक हुनुपर्छ भनेर आवाज उठाउने अनेरास्ववियूका संयोजक ऐन महरको नेतृत्वमा ुग्रिन नेपाल, क्लिन नेपालु अभियान सञ्चालन हुने भएको छ । अनेरास्ववियूले नै  सरकारको घोषणा सफल पार्नका लागि अभियान सञ्चालन गर्न लागेको हो । शुक्रबार उपत्यकामा आयोजित अगुवा कार्यकर्ता भेलामा संयोजक महरले ४० हजार स्वयंसेवक परिचालन गरेर भदौ मसान्तसम्म ५० लाख रुखका विरुवा रोप्ने घोषणा गरेका छन्।

असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवस घोषणा गरेर सरकारले संचालन गरेको वृक्षरोपण कार्यक्रममा अनेरास्ववियूले सक्रिय रुपमा सहयोग गर्ने निर्णय समेत भएको भन्दै मातहतका कमिटीलाइ समेत सोही अनुसार परिचालिन हुन संयोजक महरले निर्देशन दिएा छन ।अनेरास्ववियूले शनिबार बिहान उपत्यकाको हकमा कोटेश्वर–कलंकी खण्डको सडकमा र देशभरका क्याम्पस , विद्यालय र अन्य तोकिएका ठाउँमा राष्ट्रिय उत्सवको रुपमा वृक्षरोपण गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : June 28, 2019 at 11:04 pm