५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

आक्रमणमा मारिए ८ सुरक्षा अधिकारी

११ असार, अफगानिस्तान ।  अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको मध्य भागमा रहेको एक जिल्लामा मङ्गलबार राती तालिबान लडाकू समूहको आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य १६ जना घाइते भएका छन् । प्रहरी स्रोतले बुधबार उक्त जानकारी दिएको छ । गोलरान जिल्लामा तालिबानहरुले मङ्गलबार राती गरेको यस आक्रमणमा परी आठ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै जिल्ला प्रहरी प्रमुखलगायत १६ जना घाइते भएका प्रान्तीय प्रहरीका प्रवक्ता अब्दुल अहाद वालिजादाले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ ।

फाइल फाेटाे

मङ्गलबार राती भएको यस आक्रमणपछि सुरक्षाबल र तालिबान लडाकूबीचको झडप बुधबारसम्म पनि जारी रहेको वालिजादाले बताउनु भएको छ । तर प्रहरी स्रोतले तालिबान लडाकूतर्फ क्षतिको कुनै विवरण दिएको छैन् । तालिबान लडाकू समूहले पनि यस आक्रमण र त्यसपछिको झडपको कुनै टिप्पणी गरेका छैनन् ।रासस

प्रकाशित मिति : 18:29