१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी भएकाे भन्दै समाजवादीका सांसद यादव निलम्वित

१० असार, काठमाडौँ । लाटभियामा स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी भएकाे भन्दै समाजवादी पार्टीले सांसद प्रदीप यादवलाई पार्टी सदस्यबाट ६ महिनालाई निलम्बन गरेको छ । गत मेमा भएको कार्यक्रममा यादवसँगै राजपाका सांसद एकवाल मियाँ सहभागी भएका थिए । स्वतन्त्र तिब्बतकाे माग गर्दै अायाेजना गरिएकाे कार्यक्रममा नेपाली सांसद सहभागी भएपछि काठमाडौँस्थित चिनियाँ दूतावासले समेत चासो देखाएको थियो ।

लाटभिया भ्रमणबारे समाजवादी पार्टीले सांसद यादवसँग स्पष्टीकरण सोधेपनि जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टीको पदाधिकारी बैठकले ६ महिनासम्म पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । यादवलाई सांसद पदबाट निलम्बन गर्ने नगर्ने कुनै निर्णय भएको छैन ।

प्रकाशित मिति : 19:27