१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

सांसद चौधरीलाई १४ किलाेकाे नेल लगाएर अस्पताल लैजानेलाई कारबाही गर्न प्रधानमन्त्रीले दिए निर्देशन

७ असार, काठमाडौं  । सांसद रेशम चौधरीलाई नेल लगाएर नै उपचार गरिएको सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई नेल लगाएर उपचारका लागि अस्पतालमा लैजानेमाथि कारबाही गर्न निर्देशन दिएका छन् ।

 नेल लगाएर उपचार गराउन लैजाने कार्यमा को–को संलग्न छन्, तिनलाई कारबाही गर्न मुख्यसचिवलाई फोन गरेर निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताएका छन्। टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहेका सांसद चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारका निम्ति वीर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : June 22, 2019 at 12:44 pm