९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

काँग्रेसको चरित्र यस्तै रहे लोकतान्त्रिक अभ्यास अघि बढ्न सक्दैन : प्रधानमन्त्री ओली

३ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल काँग्रेसले गरेकाे पछिल्लो व्यवहार आश्चार्यजनक भएको बताएका छन् । सिंहदरवारमा मङगलबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफुलाई संसदमा बोल्न नदिन काँग्रेसका नेता तथा सभापति शेरबहादुर देउवा नै वेल घेर्न गएकोमा आश्चार्य लागेको समेत बताए । प्रधानमन्त्री ओलीले काँग्रेसको चरित्र यस्तै रहे लोकतान्त्रिक अभ्यास अघि बढ्न नसक्ने चेतावनी समेत दिए ।

संसदमा बोल्न समय लिइसकेपछि प्रधानमन्त्रीभन्दा अगाडि आफुले बोल्न पाउनुपर्छ भन्ने लोकतन्त्रमा कहीँ नभएकाे बताउँदै प्रधानमन्त्री ओलीले पहिला प्रधानमन्त्री र त्यसपछि प्रतिपक्षी दलको नेताले बोल्ने विश्वव्यापी प्रचलन रहेकाे प्रष्ट पारे ।

प्रधानमन्त्री ओलीले लोकतन्त्र, गणतन्त्र र लोकतान्त्रिक प्रयासका विरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चावन्दी स्पष्ट देखा परेको समेत बताए । लोकतान्त्रिक गणतन्त्रका विरुद्ध अति दक्षिणपन्थीदेखि अति उग्रवामपन्थीहरु एकजुट भएको भन्दै प्रधानमन्त्री ओलीले त्यस्ता प्रवृतिहरुप्रति सजग हुनुपर्ने पनि बताए । प्रधानमन्त्री ओलीले विधेयकका नाममा लोकतन्त्रका जरा काट्ने काम भएको पनि बताए ।

प्रकाशित मिति : 18:07