प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने
३ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । काँग्रेस सांसदले संसदमा बोल्न नदिएपछि प्रधानमन्त्रीले आज विशेष पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने भएका छन् । 
प्रधानमन्त्रीले विभिन्न विधेयकहरुमा देखिएको विवादबारे आज संसदलाई जानकारी गराउन समय लिएका थिए । तर, काँग्रेस सांसदले प्रमुख प्रतिपक्षलाई पहिला बोल्न दिनुपर्ने भन्दै संसद अवरुद्ध गरेपछि रोष्टममा पुगेका प्रधानमन्त्री सम्बोधन नगरी फिर्ता भएका थिए ।
प्रकाशित मिति : 13:59







