९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

संसदमा प्रधानमन्त्री ओलीले सम्वाेधन गर्न खोज्दा कांग्रेसद्वारा बैठक अवरोध

३ असार, काठमाडौं । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले संबाेधन गर्न खोज्दा कांग्रेसले नाराबाजी गर्दै रोष्टम घेराउ गरेर बैठक अवरोध गरेका छन् । सभामुखले पहिला प्रधानमन्त्रीको कुरा सुन्ने र प्रतिपक्षीलाई समय दिइने बताए लगतै काँग्रेस सांसदले रोस्टम घेराउ गर्दै चर्को नाराबाजी गरेका थिए ।

उनीहरुले संसदको सर्वोच्चता कायम गरिनुपर्ने, प्रतिपक्षीलाई बोल्न समय दिइनुपर्ने लगायत माग गर्दै चर्काे नाराबाजी गरेका थिए । यसैबीच कांग्रेस सांसदले नाराबाजी जारी राखेपछि बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ।

प्रकाशित मिति : 12:27