९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्वोधन गर्दै, सम्वोधनका विषय यस्ता छन

३ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्वोधन गर्ने भएका छन । विहान ११ बजेपछि संसद भवनमा बस्ने प्रतिनिधिसभाको बैठकलाई प्रधानमन्त्रीले सम्वोधन गर्ने तयारी भएको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीले विशेष गरी गुठी विधेयकका विषयमा संसदलाई जानकारी गराउने बुझिएको छ । नेकपाका अधिकांश नेताले सोमबार यथास्थितिमा विधेयक अघि बढाउनु भन्दा फिर्ता वा स्थगित गरी छलफल अघि बढाउन प्रधानमन्त्री अोलीलाई सुझाव दिएका थिए । उनीहरूले  काठमाडौं उपत्यकामा रहेका गुठीका हकमा भिन्नै र बाहिर रहेका गुठीका हकमा भिन्नै बुँदाले समेट्नुपर्ने बताएका छन ।

गुठी विधेयकको समर्थनमा दाङमा किसानहरू  धर्ना दिइरहेका छन् भने काठमाडौँ उपत्यकामा विरोधको जुुलुस निस्किरहेको छ । गुठीमा तल्लो तह र कामदारको शोषण हुने गरेको तर स्रोत हात पार्ने माथिल्लो तहले आयस्तामा हालीमुहाली गर्ने गरेको छ । यसले गर्दा तल्ला तहले क्रमशः काम छोड्दै गएर गुठी प्रणाली पनि तहसनहस हुँदै गएको कतिपयको अनुभव छ ।

सरकारले गुठी विधेयकले परम्परामा हस्तक्षेप नगरेको र भूमि व्यवस्थापनलाई आधुनिकीकरण गर्न खोजेको स्पष्ट पार्दै आएको छ । नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गुठी विधेयकले परम्परामा हस्तक्षेप नगरेको स्पष्ट पारेका छन ।

प्रकाशित मिति : 09:19