गुठी विधेयक सच्याउने प्रधानमन्त्री ओलीकाे प्रतिबद्धता
१ असार, काठमाण्डौ । एकसाता लामो युरोप भ्रमण पूरा गरेर स्वदेश फर्कीएका प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिबद्धता प्रतिबद्धता जनाएका छन् । आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमै यस्तो प्रतिबद्धता जनाउएका हुन्।

धर्म सस्कृतिमा प्रतिकुल असर पर्ने खालका प्रावधानहरु भए त्यसलाई सरकारले सच्याउने प्रधानमन्त्री ओलीले जनाएका छन् । सरकार जनतालाई हसाउनका लागि बनेकाे बताउँदै नमिलेको कुराहरू सच्चाएर अघि बढ्ने प्रधानमन्त्री ओली जनाएका छन् ।

प्रकाशित मिति : 12:13









