९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

जनमतको अपमान गर्ने नेकपाका सांसद रामवीर भन्छन, ‘राजतन्त्र ढालेजस्तै सरकार ढालिन्छ’

३२ जेठ, काठमाडाैँ । जनमतको अपमान गरेर वदनाम बनेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामवीर मानन्धरले राजतन्त्र ढालेको शैलीमा वर्तमान सरकार ढाल्ने चेतावनी दिएका छन । निर्वाचनमा जनताले अस्वीकार गरेका नेकपाकाका सचिवालय सदस्य बामदेव गाैतमका लागि भन्दै निर्वाचित सांसद पदनै छाड्ने घोषणा गरेर जनमतको अपमान गरेका मानन्धरले नेकपा नेतृत्वकै सरकार ढाल्ने चेतावनी दिएका हुन ।

उनले गुठी विधेयकको विषयलाई लिएर असम्बन्धित मन्त्रीको राजिनामा समेत माग गरेका छन । शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका जनताको माग सम्बोधन गर्नुको सट्टा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले आगोमा ध्यु थप्ने अभिव्यक्ति दिएको भन्दै उनले राजीनामा दिनुपर्ने माग गरे ।

अाफू निकटका एक व्यक्तिलाइ मन्त्री बास्कोटा मार्फत चलचित्र विकास बोर्डको नेतृत्वमा लैजान असफल भएका मानन्धरले भूमिसुधारको विषय जोडेर सञ्चारमन्त्रीको राजिनामा माग गरेका हुन । उनी अष्टनारायण पिक्चर्स प्रालिका मालिक समेत हुन । अाफ्नो हलको व्यवसायको स्वार्थका निम्ति काम गराउन नसकेपछि उनी मन्त्री बास्कोटाप्रति असन्तुष्ट रहँदै अाएका थिए । सांसद मानन्धरले सरकारले गुठी विधेयक फिर्ता नलिए काठमाडौंमा आन्दोलन चर्काउने चेतावनी दिए।

उनले विधेयक फिर्ताको विषयलाई सरकारको प्रतिष्ठासँग जोड्ने काम भयो भने त्यसले सरकारलाई नै नोक्सान पुर्याउने दाबी गरे। उनले २ सय ४० वर्षे राजतन्त्रलाई फाले जस्तै जनताले यो सरकारलाई पनि फाल्ने चेतावनी दिए। उनले ४ असारमा काठमाडौँमा आन्दोलनको आँधीहुरी सर्जना गर्ने चेतावनी समेत दिए । गुठीकै कारण काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षतमा तत्काली एमालेका उम्मेदवार हराउन सफल भएका उनले गत निर्वाचनमा आफू पनि त्यही गुठीको मतले चुनाज जितेका थिए ।

प्रकाशित मिति : 22:53