९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

नेकपा सचिवालय बैठक स्थगित, भोलि ११ बजे बस्ने

२० जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि नबस्ने भएको छ । पछिल्लो समय भाका सार्दै बैठक सर्दै आएकोमा आज पनि बैठक नबस्ने भएको छ । यसअघि जेठ २० मा बैठक राख्ने बताइएको थियो । नेकपाका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रूपमै जेठ २० गते केन्द्रीय सचिवालयको बैठक बस्ने र त्यसबाट केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्यूरो गठन हुने बताउँदै आएका थिए ।

नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार आज उनको कार्यसूचीमा सचिवालयको बैठकको कार्यक्रम परेको छैन । दुबै अध्यक्ष व्यस्त भएकाले सचिवालय बैठक भोलि बस्ने गरी तयारी भएको छ । बैठकमा पोलिटव्यूरोको गठन र केन्द्रीय सदस्यको कार्यविभाजको विषयमा निर्णय हुने बताइएको थियो ।

प्रकाशित मिति : 10:57