४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

गंगालालमा कार्यरत इन्जिनियर यादवको शैक्षिक प्रमाणपत्र नै नक्कली, विशेष अदालतमा आरोप पत्र दायर

१९ जेठ, काठमाडौँ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत इन्जिनियर प्रदीप कुमार यादवको शैक्षिक प्रमाणपत्र नक्कली प्रमाणीत भएकाे छ । इन्जिनियरको प्रमाणपत्र नक्कली रहेको भन्दै छानबिन गरी कारवाही गर्न आग्रह गरेसँगै आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएकाे छ । गंगालालमा इलेक्ट्रिसिटी सहायक पदमा नियुक्ति यादव इन्जिनियर पदमा बढुवा हुन प्रयोग गरिने पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रणको कार्यालय, कास्कीबाट जारी भएको ब्याचुलर या इलेट्रीकल र इलेक्ट्रिसियन इन्जिनिरिङ तहको शैक्षिक प्रमाणपत्र नक्कली भएको जनाएको छ ।

नेपाल इन्जिनियरिङ परिषद्, नक्साल, काठमाडौंबाट जारी भएको साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता प्रमाणपत्र समेत नक्कली एवं झुट्टा बनाई पेश गरेर गंगालालमा इलेक्ट्रसिटी सहायक पदमा करार नियुक्ति भएका थिए । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय गर्न आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : 16:59