२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ काठमाडौँ

काठमाडौँ — प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आगामी नोभेम्बर ४ र ५ (कात्तिक १८ र १९ गते) काठमाडौँमा आयोजना हुने भएको छ।

“श्रमिक अधिकार, वंशजको नागरिकताको सुनिश्चितता–समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको उक्त अधिवेशनबारे आइतबार प्रचारप्रसार उपसमितिले जुम (Zoom) मार्फत पत्रकार सम्मेलन गरी औपचारिक जानकारी गराएको हो।

भर्चुअल पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सचिव डा. राजन भट्टराई प्रमुख अतिथि तथा केन्द्रीय प्रचार विभाग प्रमुख निरज आचार्य, एमाले केन्द्रीय सदस्यहरू घनश्याम पाण्डे, डा. सूर्य पाठक, सञ्जय थापा, ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डे, सल्लाहकार प्रमुख भक्त गुरुङ, सचिव चानक पोखरेल र प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे लगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रम प्रचारप्रसार उपसमितिका संयोजक भक्त गुरुङको अध्यक्षता, सचिव रामशरण सिंखडाको सञ्चालन, उपसंयोजक गोविन्द पौडेलको स्वागत र सदस्य बाबाराजेश्वरी थापाको विषय प्रवेशमा सम्पन्न भएको थियो।

हाल विश्वका ३९ देशमा राष्ट्रिय कमिटी, पाँच महादेशीय कमिटी र ६० भन्दा बढी देशमा सम्पर्क सञ्जाल रहेको मञ्चको अधिवेशनमा विश्वभरबाट ४ सयभन्दा बढी प्रतिनिधि काठमाडौँ ओर्लिनेछन्।अधिवेशनले आगामी चार वर्षका लागि मञ्चको नयाँ अन्तर्राष्ट्रिय कार्यसमिति निर्वाचित गर्नेछ।

परराष्ट्र विज्ञ समेत रहनु भएका एमाले सचिव डा. राजन भट्टराईले मञ्चले श्रमिकका समस्या र नागरिकता जस्ता बिषयलाइ उठान गर्दै प्रवासी हितमा क्रियाशिल रहनु पर्ने बताउनु भयो ।

कार्यक्रमममा बोल्दै मञ्चका अध्यक्ष रमेश पाण्डेले अधिवेशनले प्रवासमा रहेका नेपालीहरूका बहुआयामिक समस्या, अधिकार र नेपालको समृद्धिसँग जोड्ने विषयमा घनिभूत छलफल गर्ने बताउनु भयो । उहाले श्रमिक अधिकार र नागरिकता मुख्य मुद्धा हुने बताउदै प्रवासी नेपाली श्रमिकहरूको हकहित, वंशजको नागरिकताको निरन्तरता, संवैधानिक तथा राजनीतिक अधिकार र प्रवासीका साझा समस्या समाधानमा अधिवेशनले रणनीति तय गर्ने जनाउनु भयो ।

अधिवेशनको उद्घाटन पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिदै पत्रकार सम्मेलनमा प्रचार प्रचार उप समिति प्रमुख भक्तबहादुर गुरुङद्धारा जारी विज्ञप्तिमा विदेशमा रहेका नेपालीहरूको सीप, ज्ञान, पुँजी र अनुभवलाई नेपालको राष्ट्रिय विकास र समृद्धिमा एकीकृत गर्ने विषय प्राथमिकतामा रहने बताउनु भयो । यसै गरी गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत प्रवासमा सक्रिय अन्य सामाजिक संघसंस्थासँगको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाइने समेत जनाउनु भयो ।

७ सय डलर पुरस्कारको विश्वव्यापी भिडियो प्रतियोगिता

अधिवेशनको सन्दर्भ पारेर ओएनएफले प्रविधिको प्रयोगमार्फत सिर्जनात्मक सामग्री निर्माणलाई प्रोत्साहन गर्न विश्वव्यापी भिडियो कन्टेन्ट क्रिएसन (Video Content Creation) प्रतियोगितासमेत आयोजना गरेको छ।

प्रतियोगिता अक्टोबर ११ देखि नोभेम्बर ३, २०२६ सम्म संचालन हुने छ । भने सर्वोत्कृष्ट भिडियो सामग्री तयार पार्ने एक जना क्रिएटरलाई ७ सय अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिनेछ।

प्रवासी नेपाली मञ्चले विश्वभर रहेका आफ्ना राष्ट्रिय कमिटीहरू, नेता-कार्यकर्ता र सञ्चारकर्मीहरूलाई अधिवेशन सफल पार्न सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

Screenshot

Screenshot

प्रकाशित मिति : October 12, 2026 at 6:04 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/