१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

विप्लव समूह परित्याग गरेका पूर्वमन्त्री पदम राईलाई ओली र प्रचण्डले भोलि नेकपामा स्वागत गर्ने

१८ जेठ, काठमाडाैँ ।  विप्लव नेतृत्वको नेकपा समूह परित्याग गरेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री पदम राई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएका छन । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार पार्टी कार्यालयमा पूर्वमन्त्री राईलाई स्वागत गर्ने कार्यसूची तय भएको छ। नेकपाको केन्द्रीय कार्यालयका सचिव एवं सांसद कृष्णगोपाल श्रेष्ठका अनुसार आइतबार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी प्रवेश गराउने कार्यसूची तय भएको छ ।

पहिलो संविधान सभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर एकबाट प्रत्यक्ष निर्वाचित राई पछि बाटो बिराएर बिभिन्न समूहमा सक्रिय बन्न पुगेका थिए । उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए । पार्टी नीति विपरीत मिडियामा बोलेको भन्दै राईलाई विप्लवको पार्टीले केही समय अघि कारबाही गरेको थियो ।

प्रकाशित मिति : June 1, 2019 at 9:23 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/