९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

पूर्वाधार विकास कोषमार्फत सांसदले पाउने रकम ६ करोड पुग्याे

जेठ १५ काठमाडौँ । पूर्वाधार विकास कोषमार्फत सांसदले पाउने रकम ६ करोड पुगेकाे छ । सरकारले स्थानीय पुर्वाधार विकास कोषको रकम ४ करोड रुपैयाँबाट बढाएर ६ करोड रुपैयाँ पुर्‍याइएको छ।

केही वर्षअघि सांसद विकास कोषका नामबाट सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने गरी २ करोड रुपैयाँ पाउँदै आएका थिए। केपी ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षमा उक्त रकम बढाएर ४ करोड रुपैयाँ पुर्‍याएको थियो।

निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र विकाससँग सम्बन्धित ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’का लागि सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि अघिल्लो वर्ष ४ करोड दिएको थियो। यसपटक सो रकम बढाउनुपर्ने भन्दै केही सांसदहरुले ‘लबिङ’ गरिरहेका थिए।

प्रकाशित मिति : 17:53