९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

गणतन्त्र दिवसको अवसरमा वामदेव गाैतमले दिए हस्तलिखित शुभकामना

जेठ १५, काठमाडौँ । नेकपा नेता वामदेव गौतमले गणतन्त्र दिवसको अवसरमा हस्तलिखित शुभकामना दिएका छन् । बुधबार नेता गौतमले गणतन्त्र दिवसको हस्तलिखित शुभकामना दिएका हुन् ।

नेता गौतमले ११ वर्षअघि २४० वर्षदेखि कायम शाहवंशीय राजतन्त्र र २ हजार वर्षदेखि कायम सामन्तवादलाई पराजय गरिएको स्मरण गर्दै  सोही युगान्तकारी परिवर्तनको आडमा ऐतिहासिक संविधान प्राप्त गरिएको जनाएका छन् ।

नेता गौतमले मुलुकमा नेकपा नेतृत्वको सरकारले राजनीतिक स्थिरता कायम गरेको जनाउँदै नेपाल केही वर्षपछि संसारकै समृद्ध राष्ट्रको रुपमा उभिन सफल हुने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : 16:05