१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

तातोपानी नाका सञ्चालनमा चीनले देखाएकाे अग्रसरताकाे लागि मन्त्री यादवले दिए धन्यवाद

१५ जेठ, सिन्धुपाल्चोक । उद्योग वाणिज्य मन्त्री मात्रिका यादवले तातोपानी नाका सञ्चालनमा चीनले देखाएकाे अग्रसरताकाे लागि चीनलाई धन्यवाद दिएका छन् । मितेरी पुलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले भूकम्पपछि अवरुद्ध नाका सञ्चालन गर्न नेपालले गरेको आग्रहलाई स्वीकार गर्दै चीनले देखाएको तत्परतालाई विशेष धन्यवाद दिए । ‘नेपाल सरकारको आग्रहलाई स्वीकार गरेर चिनियाँ पक्षले तातोपानी नाका सञ्चालनमा अग्रसरता देखाएको छ ।

यसका लागि चिनियाँ पक्षलाई विशेष धन्यवाद दिनैपर्छ’ मन्त्री यादवले सम्बोधनका क्रममा भने, ‘अहिलेसम्म व्यापारिक प्रयोजनका लागि मात्रै प्रयोग हुँदै आएको तातोपानी नाकाबाट अबदेखि दुवै देशका नागरिक सहजै आवतजावतका लागि समेत पहल गर्न आवाश्यक छ ।’मन्त्री यादवले नेपाल, एक चीन नीतिबाट कुनै हालतमा पछि नहटेको समेत प्रष्ट पारेका छन् । बुधबार चीन र नेपालको सिमाना पर्ने तातोपानी नाकाको सुभारम्भ गर्दै मन्त्री यादवले नेपाल सरकार एक चीन नीतिप्रति नडग्मगाउने बताएका हुन् ।

मन्त्री यादवले नेपाल चीन सम्बन्ध सयौं बर्ष पुरानो रहेको भन्दै त्यो सम्बन्ध अझ प्रगाढ बनाउदै लैजानुपर्नेमा जोड दिएका छन् ।  कार्यक्रममा चिनियाँ प्रतिनिधिहरुसँगै नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले तातोपानी नाका सञ्चालनमा आएसँगै दुई देशको व्यापारमा सहजता थपिने बताएकी थिइन् ।

प्रकाशित मिति : May 29, 2019 at 2:53 pm