३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

चीनमा डुङ्गा दुर्घटनामा परी १० को मृत्यु


१० जेठ, काठमाडाैँ । चीनको दक्षिणपश्चिमी प्रान्त गुइझाओमा बिहीबार अपराह्नमा भएको एक डुङ्गा दुर्घटनामा कम्ती दश व्यक्तिको मृत्यु भएको छ । स्थानीय समयानुसार शुक्रबार २ बजेसम्म यस दुर्घटनामा परेका १० व्यक्ति वेपत्ता रहेका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

यस दुर्घटनामा परेका ११ व्यक्तिलाई भने उद्धार गरिएको र घाइते भएका सवैलाई स्थानीय अस्पतालमा उपचारको लागि लगिएको छ । स्थानीय समयाअनुसार बिहीबार बेलुका ६ः३० मा दुर्घटना भएको यस डुङ्गामा २९ व्यक्ति सवार रहेका बताइएको छ । दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ ।रासस

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार १८:११

https://srdb.com.np/