पाँचथर हत्यामा भागेर बाँच्न सफल सीताको स्वास्थ्य सामान्य, अस्पतालबाट फर्किइन
७ जेठ, काठमाडाैँ । सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका दुई परिवारका नौ जनाको हत्या हुँदा भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमको दमकमा उपचार गरिएको छ । उनलाई मंगलबार अपराह्न दमकस्थित लाइफलाइन अस्पतालमा भर्ना गरेर उपचार गरिएको प्रहरीले जनाएको छ । उनी उपचारपछि फर्किएकी छिन ।

सीताको हात भाँचिएको र उनको हातमा प्लाष्टर गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए । घाइते सीताले स्थानीयवासीलाई बताएअनुसार अनुहार छोपेको व्यक्तिले धारिलो हतियार प्रहार गरी सबैको हत्या भएको थियो । सीता विक्षिप्त अवस्थामा रहेकी भन्दै भेटघाटमा चिकित्सक तथा सुरक्षाकर्मीले कडाइ गरेका छन ।
याे पनि पढ्नुहाेस्ः
–९ जनाको सामूहिक हत्या प्रकरण: आत्महत्या गरेका कान्छा ज्वाइकाे श्रीमती र ससुरालीसँग खटपट !
–पाँचथर हत्या प्रकरणः ९ जनाकाे विभत्स हत्या, ज्वाइँकाे आत्महत्यासँगै घटनामा झाँक्री देखिए
–पाँचथरमा ९ जना हत्या प्रकरण : झुन्डिएर आत्महत्या गर्ने कान्छाे ज्वाइँ भएकाे खुलासा
–९ जनाको सामूहिक हत्या प्रकरण: ज्वाइँ झुण्डिएको स्थान नजिकै भेटियो रगत लतपतिएको खुकुरी
-९ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवक झुन्डिएकाे अवस्थामा भेटिए
-९ जनाको हत्या प्रकरणः चार दिनअघि नै नुनमा सिसा मिसाएर हत्याको प्रयास गरेकाे खुलासा
-मुखुण्डो लगाएर आएको समूहद्धारा पाँचथरमा दुई परिवारका नौ जनाको विभत्स हत्या

प्रकाशित मिति : 21:40









