३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

९ जनाको सामूहिक हत्या प्रकरण: आत्महत्या गरेका कान्छा ज्वाइकाे श्रीमती र ससुरालीसँग खटपट !

७ जेठ, काठमाडौँ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको सामूहिक हत्या प्रकरणमा कान्छा ज्याई मानबहादुर माखिमको संलग्नता रहेको प्रहरीकाे अनुसन्धानबाट खुलेको छ । मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर ७ स्थित रुखमा झुण्डिएको अवस्थामा मानबहादुर माखिमको शव फेला फेला परेपछि हत्यामा उनकै संलग्नता रहेको हुनसक्ने प्रहरीले आशंका गरेकाे छ ।

 

मानबहादुर र उनकी ३६ वर्षीया श्रीमती जस्मिता फियाकबीच विगत केही महिनादेखि पारिवारिक विवाद हुँदै आएको बताइएको छ । पारिवारिक विवादका कारण श्रीमती माइतीमा बस्दै आएकी थिइन् । श्रीमती माइत बस्दै आएपछि ससुरालीसँग पनि उनकाे सम्बन्ध बिग्रिएाे स्थानियले बताएका छन् ।

श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र झगडा भइरहने गरेकाले सम्बन्ध विच्छेदको अन्तिम तयारी समेत चलिरहेको बताइएकाे छ । सामूहिक हत्या र मानबहादुरको आत्महत्या घटनाबारे सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यद्यपी अनुसन्धान कार्य भइरहेकाले प्रहरी यथार्थ बाहिर ल्याइसकेको छैन ।

प्रकाशित मिति : 14:48