३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

९ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवक झुन्डिएकाे अवस्थामा भेटिए 

७ जेठ, काठमाडौं । मिक्लाजुङ गाउँपालिका–७, मा अज्ञात समुहद्वारा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा एक युवक झुण्डिएको अवस्थामा भेटिएकाे छन् । रूखमा झुण्डिएको अवस्थामा भेटिएको युवकको पहिचान हुन नसकेकाे मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ की वडाध्यक्ष उर्मिला राईले जनाएकी छिन् ।

युवक झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । युवाबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : 12:59