११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन

https://www.muktinathbank.com.np/online/loan-application

१० मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा एनआइसी एशिया बैंक र ग्लोबल आइएमई बैंकको मूल्य समायोजन गरेको हो ।

एनआइसी एशिया बैंकले ५० प्रतिशत हकप्रद निष्कासनका लागि बुकक्लोज गरेसँगै ३२५ रुपैयाँको आधारमा २५० रुपैयाँ कायम गरेको छ ।साथै ग्लोबल आइएमई लघुवित्तको ६ प्रतिशत बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै ११११ रुपैयाँका आधारमा १०४८.११ रुपैयाँ कायम गरेको छ । सोही मूल्यकै आधारमा शुक्रबार यी दुबै कम्पनीको कारोबार खुल्नेछ ।

प्रकाशित मिति : November 26, 2026 at 4:11 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/