१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

https://www.muktinathbank.com.np/online/loan-application

९ मंसिर, काठमाडौँ । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड र स्ट्यण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले भोली अर्थात मंसिर १० गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले मंसिर २३ गते, बुधबार १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा होटल माला इन, घोराही उपमहानगरपालिका वडा नं. १५, दाङ्गमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशत गरी कुल ५.२६३ प्रतिशतनगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।साथै सभाले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) ले मंसिर २३ गते, बुधबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ४० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रकाशित मिति : November 25, 2026 at 9:02 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/