११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

मैलुङ खोला जलविद्युत कम्पनीले बोलायो साधारणसभा, सेयरधनीको हात खाली

https://www.muktinathbank.com.np/online/loan-application

१० मंसिर, काठमाडौं ।  मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले पुस ३ गते शुक्रबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा १३ औँ वार्षिक साधारणसभा बोलाएको हो ।

कम्पनीले आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छैन । सभामा गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरु छलफल गरी अनुमोदन गर्ने र चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने । साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यसको अर्थ मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित मिति : November 26, 2026 at 12:39 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/