११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

आजसम्म सेयर किन्नेले एनआईसी एसिया बैंकको हकप्रद सेयर खरिद गर्न पाउने

https://www.muktinathbank.com.np/online/loan-application

१० मंसिर, काठमाडौं । एनआईसी एसिया बैंकको हकप्रद सेयर खरिद गर्न चाहने लगानीकर्ताका लागि आज (मंसिर १० गते) सेयर किन्ने अन्तिम दिन रहेको छ । बैंकले भोलि (मंसिर ११ गते) बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीहरूले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

बैंकले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि मंसिर ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको थियो । यसअनुसार आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई बैंकको सेयरधनी कायम भएका लगानीकर्ता हकप्रद सेयरका लागि योग्य हुनेछन् ।

बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा हकप्रद सेयर निष्कासन गर्नेछ ।

प्रकाशित मिति : November 26, 2026 at 12:05 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/