११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी २० लाख ४५ हजार ठगी गर्ने जितबहादुर पक्राउ

https://www.muktinathbank.com.np/online/loan-application

१० मंसिर, काठमाडौं ।  अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा घर भएका ३३ वर्षीय जित बहादुर पाइन रहेका छन् ।

काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ स्थित तारेभीरको जंगल नजिक एकान्त ठाउँमा गत असोज ६ गते पीडितलाई बोलाई अमेरिकन डलर सस्तो दरमा साटिदिन्छु भनि प्रलोभनमा पारी पीडितले साथमा ल्याएको नगद २० लाख ४५ हजार रूपैयाँ लिई फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : November 26, 2026 at 11:34 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/