११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

https://www.muktinathbank.com.np/online/loan-application

१० मंसिर, काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई ठमेल बस्दै आएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम छन्। काठमाडौं प्रहरी परिसरका अनुसार ठमेलस्थित स्नोलाइन होटलमा अवैध रकम लुकाएर राखेको सूचनाका आधारमा प्रहरीले मंगलबार दिउँसो छापा मारेको थियो।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले होटलमा जाँच गर्दा नेपाली रुपैयाँ ५० लाख ५० हजार, ओमानका ४ हजार २१५ रियाल र संयुक्त अरब इमिरेट्स (यूएई) का ५५ दिराम फेला पारेको थियो। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर रकमको स्रोत र घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : November 26, 2026 at 11:15 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/