सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
१० मंसिर, काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन तोलामा १ हजार ४०० रुपैयाँ र चाँदी तोलाको ३५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला तीन हजार ७५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। बुधबार चाँदी प्रतितोला तीन हजार ४० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : November 26, 2026 at 10:59 am














