मनि वर्ल्ड ब्रोकर कम्पनी नेप्सेको कारबाहीमा, तीन दिनका लागि कारोबार निलम्बन
१० मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र ब्रोकर कम्पनी मनि वर्ल्ड सेयर एक्सचेन्ज प्रालिलाई तीन कार्य दिनका लागि कारोबारबाट निलम्बन गरेको छ । बिहीबार नेप्सेले मनि वर्ल्डलाई कारबाही गरेको हो । यस ब्रोकर कम्पनीले तोकिएको समयावधिभित्र धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्याैट कार्य नगरेकोले कारबाही स्वरूप निलम्बन गर्ने निर्णय गरिएको नेप्सेले जनाएकाे छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले बुधवार पत्रमार्फत तोकिएको समय सीमाभित्र राफसाफ तथा फछ्र्याैट कार्य नगरेको भन्दै निलम्बनका लागि सिफारिस गरेको थियो ।
सीडीएससीको सिफारिसका आधारमा नेप्सेले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को विनियम २२ (१) (छ) बमोजिम कम्पनीलाई तीन कार्य दिनका लागि निलम्बन गरेको हो । ‘सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको पत्र संख्याः २०८३/८४/४.३, चलानी नं.३४४ मिति २०८३/०८/०९ को पत्र मार्फत तोकिएको समयावधि भित्र राफसाफ तथा फर्छ्यौट कार्य नगरेको भनी निलम्बनका लागि सिफारिस भई आएकोले यस लि.को धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२(१).छ बमोजिम ३(तीन) कार्य दिनका लागि निलम्बन गरिएको ब्यहोरा निर्णयअनुसार जानकारी गराइन्छ’, नेप्सेको पत्रमा उल्लेख छ ।
प्रकाशित मिति : November 26, 2026 at 1:02 pm














