११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

https://www.muktinathbank.com.np/online/loan-application

१० मंसिर, काठमाडौं । पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् । उनी कहाँबाट पक्राउ परेका हुन् भन्ने खुलिसकेको छैन ।

यसअघि तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसी सहित १० जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध ठगी र संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : November 26, 2026 at 12:54 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/