नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेलले गरे विवाह
१० मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेल वैवाहिक जीवनमा बाँधिएका छन्। उनले सिम्रन खड्कासँग विवाह गरेका हुन्।उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाहको तस्बिर सार्वजनिक गर्दै जीवनको नयाँ अध्याय सुरु भएको जानकारी दिएका छन्।

विवाहको तस्बिर सार्वजनिक गर्दै रोहितले लेखेका छन्, ‘सपना निर्माण गर्ने यात्राका सहयात्रीबाट जीवनभरका सहयात्रीसम्म। यहाँबाट सधैँका लागि।’
प्रकाशित मिति : November 26, 2026 at 3:40 pm














