अवैध लागूऔषध खैरो हेरोइनसहित नागढुङ्गाबाट दुई जना पक्राउ
४ मंसिर, काठमाडौं । अवैध लागूऔषध खैरो हेरोइनसहित नागढुङ्गाबाट दुई जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय २ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । पक्राउ पर्नेहरूमा सिन्धुली गोलान्जोर गाउँपालिका-३ घर भएका २९ वर्षीय दिपेश थापा र बझाङ सुर्मा गाउँपालिका-३ घर भएका २६ वर्षीय संजय बोहरा रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले ना.५७ प ७५०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : November 20, 2026 at 4:38 pm













