यस्ताे छ प्रधानमन्त्री बालेनको दिल्ली भ्रमणको कार्यतालिका
४ मंसिर, काठमाडौं । भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री शाह यही मंसिर ६ र ७ गते भारत भ्रमणमा जाँदैछन् । भ्रमणका क्रममा नयाँ दिल्लीमा हुने उनको कार्यतालिकाबारे भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फ जानकारी गराएको हो ।
विदेश मन्त्रालयका अनुसार, आइतबार दिउँसो सवा ३ बजे बालेन नयाँ दिल्ली पुग्नेछन् । लगत्तै सोही दिन उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्नेछन् । उक्त भेटवार्ता आइतबार साँझ ६ बजे होटल ताजमहलमा हुने विदेश मन्त्रालयले जनाएको छ । त्यसबाहेक आइतबारका लागि प्रधानमन्त्री बालेनको अन्य भेटघाट वा कार्यक्रममा सहभागी हुने कार्यतालिका छैन ।

बालेनले सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालयमा औपचारिक स्वागत एवं भेटघाट गर्नेछन् । त्यस्तै, सोही दिन उनले राजघाटस्थित माहात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धाञ्जली व्यक्त गर्नेछन् । लगत्तै, उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । उक्त भेटवार्ता हैदरावाद हाउसमा हुने जनाइएको छ ।
त्यस्तै, मध्यान्ह १२ बजेर २५ मिनेटमा प्रधानमन्त्री शाह र समकक्षी मोदीबीच सहमति र सम्झौता आदानप्रदान एवं संयुक्त पत्रकार सम्मेलनको कार्यतालिका तय भएको छ । सोही दिन दिउँसो सवा ३ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रोपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् । राष्ट्रपति निवासमा हुने उक्त भेटघाटपछि दिउँसो ४ बजेर ५० मिनेटमा प्रधानमन्त्री शाह दिल्लीबाट नेपाल फर्कने कार्यतालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : November 20, 2026 at 4:31 pm











