५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

यी हुन् प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने ५२ व्यवसायी

https://www.muktinathbank.com.np/online/loan-application

४ मंसिर, काठमाडौं । आगामी मङ्सिर ६ र ७ गते प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डल सहभागी हुने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेसँगै भ्रमण टोलीमा रहने उद्योगी–व्यवसायीहरूको सूची तय भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलबाहेक निजी क्षेत्रका ५२ जना उद्योगी–व्यवसायी आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछन् । सूचीअनुसार भ्रमण टोलीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, निक्कीका अध्यक्ष कुनाल कयालसहित विभिन्न व्यावसायिक संघ–संस्थाका अध्यक्ष, पदाधिकारी तथा प्रतिष्ठित उद्यमीहरू छन् ।

प्रकाशित मिति : November 20, 2026 at 2:10 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/