झिनो अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो
४ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। शुक्रबार नेप्से परिसूचक ७.३८ अंकले घटेर ०.२८ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। यस दिन ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार रुपैयाँबराबरको १ करोड ६ लाख २ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन दोल्ती पावर कम्पनीको सेयरमूल्य सबैभन्दा बढी ५.१४ प्रतिशत बढेको छ। त्यस्तै, मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाईमूल्य यस दिन सर्वाधिक ८.५० प्रतिशत घटेको छ। यस दिन ग्लोबल आइएमई बैंकको सर्वाधिक काराेबार भएकाे छ। सो बैंकको यस दिन २० करोड २२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित मिति : November 20, 2026 at 3:17 pm













