पृथ्वी राजमार्गको घोप्टे भिरमा खस्यो सुक्खा पहिरो
३ मंसिर, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको घोप्टेभीरमा सुक्खा पहिरो खस्ने क्रम जारी रहेको छ । नागढुंगा-मुग्लिन सडक योजनाका अनुसार आज पनि घोप्टेभीरमा सुख्खा पहिरो खस्ने क्रम जारी रहेको छ। पहिरो पन्छाई एकतर्फी भए पनि यातायात सुचारू गर्न आवश्यक मेसिन उपकरण परिचालन गरिएको योजनाले जनाएको छ।

जुनसुकै समयमा पहिरो खस्न सक्ने सम्भावना रहेकाले अत्यन्त सतर्क रहेर, हतार नगरी तथा सडक ट्राफिक नियमको पूर्ण पालना गरेर मात्र यात्रा गर्नसमेत आग्रह गरिएको छ। केही दिनमा सो स्थानमा सुरक्षित ढंगले दुईतर्फी सवारी आवागमन गर्ने गरी काम भइरहेको योजनाले जनाएको छ।
प्रकाशित मिति : November 19, 2026 at 2:53 pm













