१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

इनम र हरिको च्याटले सर्वोच्चमा सन्नाटा, फूल कोर्टको बैठक बस्दै

१२ कात्तिक, काठमाडौँ । बिचौलिया इनम सापकोटा र न्यायाधीश हरि फुयालको ह्वाट्सएप च्याटले सर्वोच्चमा सन्नाटा छाएको छ । उक्त च्याटमा प्रधानन्यायाधीशको नाममा अमेरिकामा घुस जम्मा गरेको समेत विषय रहेका कारण पुरै न्यायालय तनावमा देखिएको छ ।

प्रधानन्यायाधीश मनोज शर्माले आफ्नै नाममा अमेरिकामा घुस जम्मा भएको भन्ने सम्मको विषय बाहिर आएपछि आज शुक्रबार बिहानका लागि सर्वोच्चको फूल कोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक)को बैठक बोलाएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरूलाई शुक्रबार बिहान फूल कोर्ट बस्ने सूचना जारी भएको सर्वोच्च अदालतका एक अधिकृतले पुष्टि गरेका छन । बैठकको एजेन्डामा ‘समसामयिक विषयमा छलफल’ मात्र उल्लेख छ । यद्यपी प्रधानन्यायाधीश शर्माले बिहीबार नै विचाैलिया सापकोटासँग भेट नभएको र घुस पनि नलिएको भन्दै विज्ञप्ति जारी गरिसकेका छन ।

यो पनि पढ्नुहोस् 

प्रधानन्यायधीश र रास्वापा सांसदको नाममा अमेरिकामा घुस, होटलमा भेट्न न्यायाधीशको प्रस्ताव

विचाैलिया भेट्न होटल हिमालयमा हरि फुयालसहित गएका थिए अन्य न्यायाधीश पनि

इनमले दीपक भट्टको मुद्दामा दबाब बढाएपछि बालेनको सचिवालयमा पुगेको थियो न्यायाधीशको गुनासो

न्यायाधीश विचाैलिया वार्ताको बिल अर्कैको नाममा दर्ज

आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति प्रधानन्यायाधीश शर्माको आपत्ति

प्रकाशित मिति : October 30, 2026 at 7:30 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/