२६ भदौ २०८३, शुक्रबार | Fri Sep 11 2026

प्रधानमन्त्रीलाई खुश्बुको प्रश्नः बबिताले सडक पेटीमा बच्चा जन्माउँदा तपाईंको चुनावी नारा कहाँ गयो ?

२६ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले राजविराज नगरपालिका १४ पर्साकी बबिता पासवानले सडकमै बच्चा जन्माउन बाध्य भएको विषयमा सरकारको ध्यानाकर्षण गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चुनावको बेला प्रधानमन्त्री बालेनले ‘गोजीमा पैसा नहुनुले उपचार पाउनुपर्छ’ भनेर यसलाई चुनावी नारा भनेको स्मरण गरिन् ।

‘गोजीमा पैसा नभएकाले उपचार पाउनुपर्छ। त्यो हाम्रो एजेन्डा हो भनेर प्रधानमन्त्री बालेन्द्र शाहले चुनावको नारा दिनुभएको थियो।तपाईंले घोषणा गर्नुभएको एजेन्डाको कार्यान्वयनमा राज्य कहाँ उभिएको छ?,’ उनले प्रश्न गरिन्।

dainiki.com

बबिताको श्रीमानसँग दुई हजार रहेको र १२ सय नपुगेपछि पैसा खोज्न जाने क्रममा सँगै निस्किएकी श्रीमतीले अस्पतालको पेटीमा बच्चा जन्माएको उनले बताइन् । यो विषयमा प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीसँग उनले जवाफ समेत माग गरेकी छन् । ‘विशेषगरी स्वास्थ्य मन्त्रालय कहाँ उभिएको छ? स्वास्थ्य मन्त्रालयले यो एजेन्डा कार्यान्वयनका लागि आजसम्म नीति नियममा के परिमार्जन गरिएको छ? के बहस गर्न खोजेको छ म सोध्न चाहन्छु,’ उनले भनिन्।

प्रकाशित मिति : September 11, 2026 at 4:05 pm